दीपाको प्रश्न प्रिन्सको उत्तर

दीपा : तपाईं भर्खरको हुनुहुन्छ । तरुनीहरूको चक्करमा कत्तिको पर्नुभएको छ ?
प्रिन्स : त्यस्तो खासै चक्कर त होइन । केटी साथीहरूचाहिँ धेरै नै छन् ।
दीपा : गीत लेखनका साथै संगीत पनि गर्नुहुन्छ, घमन्ड पनि चढेको होला नि ?
प्रिन्स : कन्फिडेन्ट धेरै भएपछि काम गर्न सजिलो हुन्छ, त्यसलाई घमन्ड भन्ने कि के भन्ने †
दीपा : चलचित्र भनेपछि मरिहत्ते गर्ने बानी छ तपाईंको, हिरो बन्ने सोच हो कि के हो ?
प्रिन्स : हिरो त होइन, निर्देशक बन्ने लक्ष्यचाहिँ छ मनमा ।
दीपा : दिलको बदला दिल दिन्छु चोटको बदला चोट भन्ने गीत प्रेममा धोका पाएर लेख्नुभएको हो ?
प्रिन्स : त्यस्तो केही हैन । जुझारु प्रवृत्तिको गायिकालाई बोल्ड गीत दिनुपर्छ भन्ने लागेर लेखेको हो । तर, यो गीत आएदेखि मलाई सबैले तपाईंले जस्तै प्रश्न सोध्ने गरेका छन् ।
दीपा : आजसम्म केटीसँग कतिपल्ट डेटिङ जानुभएको छ ?
प्रिन्स : डेटिङ नै भनेर त होइन, साथीभाइसँग घुम्नेचाहिँ गरेको छु ।

प्रतिक्रिया