भक्तपुर, ३० असोज । एमालेका केन्द्रीय सदस्य गोर्कण बिष्टले संविधानसभा पुनःस्थापना भन्दा पनि नयाँ निर्वाचन गरेर ताजा जनादेशमा जानु उत्तम विकल्प भएको बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्ले आज दशै तथा दीपावलीका अवसर भक्तपुरमा आयोजना गरेरको शुभकामना आदन प्रदान कार्यक्रममा बिष्टले सहमतिका नाममा बिभिन्न सर्त राखेर बिगतको समझदारी तोडने काम एमाओवादीले गरेको आरोप लगाए ।
उनले राष्ट्रले निकाश पाउँछ भने संविधानसभा केही समयका लागि पुनःस्थापना गर्न सकिने उल्लेख गरे । उनले भने, ‘सहमति भएमा अन्तरिम संविधानलाई संशोधन गरेर पनि मुलुकलाई निकास दिन सकिन्छ ।’
उनले सर्त माथि सर्त राखेर मुलुकलाई अन्यौल पूर्ण स्थितिमा पुराउनु भन्दा बिना सर्त सही दिशा दिन दलहरु तयार हुनुपर्ने बताए । सौर्य
प्रतिक्रिया