“सिभिल इन्जिनियर बन्न चाहन्थेँ”

काठमाडौं, ३० असोज । अभिनेता मात्र नभएर सफल निर्माता पनि हुन् केशव भट्टराई । आºनो मान्छे, पाहुना, कर्मयोद्धा, देवर बाबु, छोडिगए पापलाग्ला जस्ता चलचित्र प्रदर्शनमा आइसकेका छन् भने पछिल्लोचोटि सो सिम्पल चलचित्र निर्माण गरेका छन् उनले ।
चलचित्र क्षेत्रमा भिजिसकेका छन् उनी । यो क्षेत्रमा नलागेका भए अहिले उनी कुन क्षेत्रमा हुन्थे होलान् ? सानोमा उनले सिभिल इन्जिनियर बन्ने लक्ष्य लिएका रहेछन् । तर, एसएलसीमा दुई नम्बरको कमीले उनको त्यो सपना अधुरै हुन पुग्यो । त्यसपछि उनले चार्टर्ड एकाउन्टेन्ट बन्ने सुर कसे र कमर्स पढ्न थाले । नेपालमा चार्टर्ड एकाउन्टेन्टहरू एकदमै कम भएकाले सिधै फस्र्ट क्लास अफिसरमा फाइट गर्ने उद्देश्य रहेछ उनको ।
पढ्दापढ्दै चलचित्र क्षेत्रमा प्रवेश गरेपछि उनको त्यो सम्भावना पनि अधुरै हुन पुग्यो । अध्ययनकै समयमा डा. प्रदीप भट्टराईले वरिष्ठ निर्देशक तुलसी घिमिरेसँग भेट गराइदिएपछि उनको यात्रा चलचित्रतिर मोडियो । निर्देशक तुलसीको चलचित्र कोसेलीमा सानो भूमिका पनि गरे । उनले सुनाए, ‘सानै भूमिका भए पनि मेरो अभिनयको तुलसी दाइले तारिफ गर्नुभयो ।’ त्यसपछि अभिनयमा उनी निरन्तर भए । लगत्तै निर्देशक घिमिरेकै चिनो चलचित्रमा राम्रो रोल पाएपछि उनको खुसीको सीमा रहेन । त्यसपछि दुई थोपा आँसु हँुदै पुकारसम्म आइपुग्दा उनी नायक बने । बच्चैदेखिको सपना सिभिल इन्जिनियरिङमै निरन्तरता पाइरहेको भए उनी चलचित्रमा जत्तिकै सफल हुँदा हुन् त ? के हुन्थ्यो होला उनको हालत ? ‘केही नभए पनि फस्र्ट क्लास अफिसर त पक्कै हुन्थेँ होला,’ उनले आत्मविश्वास देखाए । देशको विकाससँग जोडिने यो पेसाबारे सोच्दै कल्पिन्छन् उनी– ‘विकासको पूर्वाधार सडकमार्गलाई गाउँ–गाउँसम्म विस्तार गर्न सकिए देशको कुना–कन्दरामा उत्पादन भएका वस्तुले पनि बजार पाउँथे, सबैजना सुखी हुन्थे होलान् †’
सिभिल इन्जिनियर बनेर आफ्नो जिल्ला ओखलढुंगामा सडक पुर्‍याउने सोच पालेका थिए उनले कुनै बेला । आफ्नो यो भावना तुलसी घिमिरेसँग पनि सेयर गरेका रहेछन् । प्रतिक्रियामा तुलसीले ठट्टा गरेका थिए रे, ‘अँ भाइ, त्यसपछि त तिम्रो गाउँका भेडाबाख्रा पनि गाडी चढेर तराई झर्थे होलान् †’
उनी सिभिल इन्जिनियरिङमा पनि चलचित्रमै जत्तिको भिजेका भए अहिले अझ राम्रा र दक्ष इन्जिनियर उत्पादन गर्नतिर लागिरहेका हुन्थे होलान् रे † ‘राम्रो काम गर्नेलाई आफ्नै तर्फबाट भए पनि सकेजति पुरस्कारको व्यवस्था गर्थें,’ भन्छन् । यदि, उनले निर्माण गरेको सडक केही दिनमै उप्कियो भने नि ? ठेकेदारलाई स्पष्टीकरण लिएर फेरि त्यही ठेकेदारको तलबबाट सडक निर्माण पूरा गर्ने ट्रिक सुनाए । उनी कल्पिरहेकै छन्, ‘रिटायर्ड भइसकेपछि पनि आफूले पाएको अनुभव र शिक्षा बाँडिरहन्थे होला ।’

प्रतिक्रिया