इलाम : इलाममा जारी दानबहादुर श्रेष्ठ स्मृति गोल्डकप प्रतियोगिता–०६९ को सोमबार भएको खेलमा दमकको गोर्खा स्पोर्टिङ क्लबले आयोजक रेडहर्स फुटबल क्लबलाई २–१ ले पराजित गर्यो । १०आँै मिनेटमा आयोजक रेडहर्सका मोहन लिम्बूले गोल गरे । रेडहर्सले त्यो अग्रता पाँच मिनेटमा नै भंग गर्ने अवसर भने पाएको थियो । गोलरक्षक विशाल थामीले आफ्नो टोलीकै खेलाडीले दिएको पास समाएपछि गोर्खाले इन्डाइरेक्ट किकको अवसर पाएको थियो । गोर्खा स्पोर्टिङका प्रदीप विष्टले त्यसलाई उपयोग गर्न भने सकेनन् । ४७औँ मिनेटमा गोर्खा स्पोर्टिङका जांगबु शेर्पाले डी–बक्सको एजबाटै गोल गरे । ५५औँ मिनेटमा गोर्खा स्पोर्टिङकै पारस लिम्बूले विजयी गोल गरे । प्रतियोगिताअन्तर्गतको मंगलबारको खेल मुनाल क्लब (चन्द्रगढी) झापा र पुर्वेली युवा क्लब (विर्तामोड) झापाबीच हुनेछ । (सौस)
प्रतिक्रिया