उपत्यकामा फेरि बर्डफ्लु

काठमाडौं, ३० असोज । सरकारले बर्डफ्लुमुक्त राष्ट्र घोषणा गरेको डेढ बर्ष नबत्दै दसैँको मुखमा उपत्यकामा छैटाँपटक बर्डºलु भेटिएको छ । भक्तपुरको बोडेमा रहेको एक कुखुरा फार्ममा बर्डफ्लुको जीवाणु भेटिएपछि फार्मका सबै कुखुरा, अन्डा र कुखुराको दाना नष्ट गरिएको छ ।
मध्यपुर थिमी नगरपालिका–३ बोडेमा व्यवसायी ओम खड्काको कुखुरा फार्ममा बर्डफ्लुको जीवाणु भेटिएको हो । खड्काको कुखुरा फार्ममा बर्डफ्लुको जीवाणु भेटिएपछि पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वरबाट गएको टोलीले फार्मको सात सय ८० कुखुरा, एक सय ५५ क्रेट अन्डा र ६ बोरा दाना नष्ट गरेको छ । कुखुराको प्रारम्भिक परीक्षणले बर्डºलु रहेको पुष्टि भएपछि सोमबार नै विशेषज्ञ चिकित्सकसहितको टोलीले फार्मका सबै कुखुरा र अन्डा नष्ट गरेको पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वरका वरिष्ठ पशु चिकित्सक डा. नारायणप्रसाद घिमिरेले बताए । बर्डºलु देखिएको क्षेत्रलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले तीन महिनासम्म संक्रमित क्षेत्र घोषणा गरेको छ ।
बर्डफ्लु रोग नियन्त्रण आदेश ०६४ अनुसार जीवाणु देखिएको १० किलोमिटर वरपरको क्षेत्रलाई निगरानीमा राखिन्छ भने तीन किलोमिटर वरपरको क्षेत्रलाई संकटग्रस्त घोषणा गरिन्छ । संकटग्रस्त क्षेत्रको तीन किलोमिटर परिधिमा रहेका कुखुरा, हाँसलगायत पक्षी र तीनका अन्डा एवं दाना सोमबारै नष्ट गरिएको डा. घिमिरेले बताए । ‘बर्डºलु भएको पुष्टि भएलगत्तै र्‍यापिड रेस्पोन्स टिम गएर फार्मका चारवटै खोरका कुखुरा वैज्ञानिक ढंगले नष्ट गरिएको हो,’ डा. घिमिरेले भने, ‘समयमै बर्डºलुको जीवाणु फेला परेकाले मानिसमा यसको असर पुग्न सकेन ।’ उनले बर्डºलु देखिएका आसपासका क्षेत्रमा टोलीले अनुसन्धान र परीक्षण गरी हेर्दा जनस्वास्थ्यमा असर नपरेकाले अब ढुक्क भएर मासु खाँदा कुनै असर नपर्ने बताए ।
फार्मका मालिक खड्काका अनुसार २१ असोजदेखि नै कुखुरा मर्न थालेपछि परीक्षणका लागि केन्द्रीय भेटेनरी प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाको परीक्षणले बर्डºलु पुष्टि गरेलगत्तै टोलीले फार्ममा गएर वैज्ञानिक ढंगले कुखुरा, अन्डा तथा दाना र कुखुराको खोर तथा सुली नष्ट गरेको डा. घिमिरेले बताए । सरकारले नेपाललाई २० असार ०६८ मा बर्डफ्लुमुक्त राष्ट्र घोषणा गरेको थियो । तर, त्यसयता उपत्यकामा मात्र ६ पटकभन्दा बढी बर्डºलु देखिएको छ । चिकित्सकका अनुसार बर्डफ्लु एभियन इन्फ्लुयन्जा टाइप ए अर्थात् एच ५ एन १ नामक सूक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोग हो । यो पक्षी रुघा हो । यो भाइरसले छिट्टै आफ्नो वंशाणुगत स्वरूपमा परिवर्तन गर्न सक्ने क्षमता बोकेको हुन्छ । यही क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमको हानिकारक जीवाणु जन्मन्छ, जुन पशुबाट मानिसमा सर्छ र मानिसलाई रोगी बनाउँछ ।

प्रतिक्रिया