काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न दुई खेलका तीन अन्तर्राष्ट्रिय पदकविजेता खेलाडीलाई आइतबार सम्मान गरेको छ । सम्मानित हुने दुई खेलाडी उसु तथा एक खेलाडी शारीरिक सुगठनका छन् । सम्मानितमा मकाउमा भएको चौथो विश्व जुनियर उसु च्याम्पियनसिपमा महिला सान्सौको ६० केजीमा कांस्यपदक जित्ने चाहना बोमजन लामा र भियतनामको होचिमिन्हमा भएको आठौँ एसियाली उसु च्याम्पियनसिपको सान्सौ
५६ किलो तौलसमूहकी कांस्यपदक विजेता झरना गुरुङ रहेका छन् ।
यसैगरी असोजको पहिलो साता चीनको ग्वान्झावमा भएको ४६औँ एसियाली शारीरिक सुगठन प्रतियोगिताको पुरुष ५५ केजीमा कांस्यपदक विजेता सुजन लामा पनि सम्मानित भए । उसुका दुवै खेलाडीले १० हजार रुपियाँ पाए । झरना र चाहनालाई दस हजार रुपियाँ प्रदान गरियो । (सौस)
प्रतिक्रिया