नेरिक–जेनिथ रेमिट बास्केटबल

काठमाडौं, २९ असोज । नेरिक एकेडेमीको आयोजनामा नेरिक जेनिथ रेमिट रनिङट्रफी बास्केटबल प्रतियोगिता २३ मंसिरदेखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर ब्वायज र गल्र्स तथा जुनियर ब्वायज (४ फिट १० इन्च उचाइ) स्पर्धामा प्रतिस्पर्धा हुने नेरिकका प्रिन्सिपल लीला भण्डारीले जनाएका छन् । सबै स्पर्धामा समान १६ टिमको सहभागिता रहने नेरिकका बास्केटबल प्रशिक्षक सागर गिरीले बताए । प्रतियोगितालाई जेनिथ रेमिटले मुख्य प्रायोजन गर्ने भएको छ । जेनिथ रेमिटको मुख्यालय जापानमा छ ।
प्रतियोगिताको अुनमानित बजेट ३ लाख ५० हजार रुपियाँ रहेको आयोजले बताएका छन् । लिगकम नकआउट आधारमा हुने साताव्यापी प्रतियोगिताका खेलहरू शंखमूलस्थित आयोजककै कोर्टमा हुनेछन् ।

प्रतिक्रिया