काठमाडौं, २८ असोज । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख परशुराम खरेलले आरआर क्याम्पसको पत्रकारिता अध्ययन नेपालकै नमूना भएको दाबी गरेका छन् ।
विभाग अन्तर्गत आरआर क्याम्पस स्नातकोत्तर पहिलो वर्षमा पत्रकारिता अध्ययनरत विद्यार्थीले आज काठमाडौंमा आयोजना गरेको विजयादशमी र दीपावलीको अवसरमा आयोजित कार्यक्रममा उनले पत्रकारिता विषयको पढाईमा आरआर क्याम्पसको छुट्टै पहिचान भएको बताए ।
अहिले सञ्चालनमा रहेको टियू एफएमलाई व्यवस्थित बनाउनका लागि पहल शुरु गरिएको उनले जानकारी दिए ।
स्वतन्त्र विद्यार्थी युनियनका सभापति राजकुमार राईले आमसञ्चार तथा पत्रकारिता विभागको अध्ययनलाई अझ प्रभावकारी तथा व्यवस्थित गर्न क्याम्पस प्रशासन र स्ववियु गम्भीर रहेको बताए ।
कार्यक्रममा आमसञ्चार तथा पत्रकारिता अध्यापनरत लालदेउसा राई, चिरञ्जीवी खनाल, बद्री पौड्याल, कुन्दन अर्याल, ऋिषीकेश दाहाल, राजेन्द्रवेद आचार्य, भीम गौतमलगायतले पत्रकारिता क्षेत्रका विविध पक्ष र आरआरले पत्रकारिता क्षेत्रमा खेलेको भुमिकाबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया