युवती जिक्काउँदा सजाय मृत्यु

झापा, २८ असोज । झापा जिल्लामा युवती जिस्काउने एक व्यक्तिको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
महारानीझोडा–५ बस्ने कल्पना विकले आज विाहन आफूलाई जिस्काउने ३५ वर्षीय भीमबहादुर अधिकारीको हत्या गरेकी छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।
महारानीझोडा–२ बस्ने अधिकारीले आज विहान ६ बजे कल्पनालाई उनकै घरमा गई जिस्काएका थिए ।
नजिस्काउन पटक–पटक आग्रह गर्दा पनि नमाने पछि बाध्य भएर अधिकारीलाई धारिलो हत्यार प्रहार गरेर आफ्नो अस्तित्व बचाउनु परेको जनाएकी छन् । अधिकारीले कल्पनालाई अश्लील व्यवहार समेत गरेको उनको दाबी छ ।

प्रतिक्रिया