दाङ, २८ असोज । दाङको देउखुरीस्थित लालमटिया गाविसमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने दुई महिला घाईते भएका छन् ।
दशैंमा घर रङगाउने माटो लिन गएकी कमला मल्लको पुरिएर मृत्यु भएको हो । उनी लालमटिया–६, मौरिघाटमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएकी हुन् ।
ढिस्कोले पुरिएर गम्भीर घाइते कमलालाई उपचारका लागि लमही लैजाने क्रममा बाटो मै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
घाइते हुनेमा लालमटिया–९ निवासी ३४ वर्षीया सीता मल्ल र ४७ वर्षीय नीमा मल्ल रहेका छन् । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
प्रतिक्रिया