राजनलाई स्नुकर उपाधि

काठमाडौं : राजन लामाले प्रथम लन्डन खुला स्नुकर प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । नेपाली स्नुकर इतिहासकै सर्वाधिक नगद पुरस्कारको विजेता बन्ने क्रममा राजनले फाइनलमा प्रवीण शाक्यलाई ७–३ फ्रेममा पाखा लगाए । प्रवीण राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलाई हराउँदै फाइनलमा पुगेका खेलाडी हुन् । ललितपुरको मानभवनस्थित आयोजक लन्डन स्नुकर हाउसमा राजनले ३–१ ले पछाडि परेको स्थितिलाई उल्टयाउँदै उपाधिमाथि कब्जा जमाउन सफल भए ।
उपाधिसंगै राजनले १ लाख र प्रवीणले ५० हजार रुपियाँ नगद पुरस्कार पाए । तेस्रो भएका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी तथा टासी वाङचुकले समान १५–१५ हजार रुपियाँ नगद पुरस्कार हात पारे । चालु प्रतियोगितामा राजन सर्वाधिक ब्रेककर्ता पनि भए । उनले ७२ अंकको उच्च ब्रेक गरे । त्यसबापत उलने छुट्टै १५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे । त्यस्तै प्रि–क्वार्टरफाइनल यात्रा तय गर्ने खेलाडीले पनि समान ३–३ हजार रुपिाँ नगद पाए । निरज सिंखवाल र राजन गुरुङ उत्कृष्ट खेलाडी ठहरिए । (सौस)

प्रतिक्रिया