उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति

असोज, २७ दैलेख । नेकपा–माओवादी निकट अखिल नेपाल शिक्षक संगठन दैलेखको सम्मेलनले वीसाखर उपाध्यायको नेतृत्वमा ६१ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।
शुक्रबार राति सम्पन्न सम्मेलनले सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा रामजी उपाध्याय, लीलाराम न्यौपाने, शुष्मा विसी र देवीराम तिमिल्सेना, सचिवमा मणि रुपाखेती, सह–चिवमा लवबहादुर शाही र कोषाध्यक्षमा पदम् नेपाली चयन भएका छन् ।
संगठनका महासचिव घनश्याम पाठकले एकीकृत माओवादीले शैक्षिक आन्दोलन र नयाँ नीतिलाई लत्याए पछि देशभरीका शिक्षक नेकपा–माआदीमा गोलबन्द भएको दाबी गरे ।

प्रतिक्रिया