संविधानसभा पुनःस्थापना हुन्छः पौडेल

काठमाडौं, २६ असोज । प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार एवम् एमाओवादी नेता देबेन्द्र पौडेलले तिहार अघि संविधानसभा पुनःस्थापना हुने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले तिहार अघिनै संविधानसभा पुनःस्थापनाका लागि प्रयास भईरहेको बताए । ‘संविधानमा सहमति भएका विषयलाई समेटेर नयाँ संविधान जारी गरिने छ,’ उनले भने, ‘सहमति नभएका बाँकी विषयलाई अनुसूचिमा राखेर नयाँ निर्वाचनमा जान्छौं ।’
उनले एमाओवादी संघीय राज्यको संख्यामा लचक हुन तयार रहेको बताए ।
कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जनतालाई संविधान दिन संविधानसभाको पुनःस्थापना आवश्यक रहेको बताए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका सह–महामन्त्री जितेन्द्र सोनलले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भने जस्तो अधुरो र संघीयता विनाको संविधान जारी गर्न मधेसी मोर्चा सहमत नहुने बताए ।
राप्रपा नेपालका नेता केशरबहादुर विष्टले संविधानसभा पुनःस्थापना भए आफ्ना सभासद्ले संविधानसभा बहिस्कार गर्ने चेतावनी दिए ।

प्रतिक्रिया