सहमति कार्यान्वयनको माग गरेर यातायात बन्द

धनकुटा, २६ असोज । सरकार, यातायात व्यवसायी र विद्यार्थी संगठनबीच भएको पूर्व सहमति कार्यान्वयनको माग गरेर चार विद्यार्थी संगठनले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दका कारण यात्रुले सास्ती बेहोर्नु परेको छ ।
सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिनु पर्ने सहमति कार्यन्वयन गर्न यातायात व्यवसायी तयार नभए पछि विद्यार्थीले धनकुटाबाट चल्ने सवसारी साधन बन्द गराएका हुन् । उनीहरुले सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिसत छुट नदिए सम्म यातायात बन्द गर्ने चेतावनी दिएका छन् ।
यातायात बन्द गर्नेमा विपक्षी दल सम्बद्ध नेविसंघ, अनेरास्वविय, अखिल क्रान्तिकारी, अनेरास्ववियू पाँचौ रहेका छन् ।
विद्यार्थी संगठनहरुले आजदेखि अनिश्चितकालीन यातायात बन्द गरे पछि गन्तव्य तर्फ हिडेका यात्रु सडकमै अलपत्र परेका छन् ।

प्रतिक्रिया