सुशील एपिएफका उत्कृष्ट प्रशिक्षक

काठमाडैां : एथलेटिक्स प्रशिक्षक सुशील नरसिंह राणा एपिएफका यस वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भएका छन् । बिहीबार आयोजित कार्यक्रममा राणाका साथै यस वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सफल प्रदर्शन गर्ने खेलाडीलाई पनि सम्मान गरियो । ‘एपिएफ प्लेयर अफ द इयर
अवार्ड–२०६८’ बाट सम्मानित हुनेमा फुटबलका अनु लामा र गणेश लावती रहेका छन् । लामा दोस्रो दक्षिण एसियाली साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा उपविजयी नेपाली टोलीकी प्रभावकारी सदस्य थिइन् ।
बक्सिङका पूर्णबहादर लामा र सञ्जु लामा पनि सम्मानित भए । एथलेटिक्सका स्प्रिन्टर प्रमिला रिजाल र मध्यमदूरीका धावक अर्जुन ढकालसहित भलिबलका खुसी चौधरी र नीमा श्रेष्ठ सम्मानित भए । सम्मानित अन्य खेलाडीमा क्रिकेटका शरद भेषवाकर र सीता रानामगर, करातेका सुनील लामा र गंगादेवी अधिकारी, ब्याडमिन्टनका नङसलादेवी तामाङ र रत्नाजित तामाङ, तेक्वान्दोका सुजन जोशी र संगीता बस्याल छन् । त्यसैगरी, हयान्डबलका दीपकसिंह बोहरा, उसुका तेजबहादुर पल्ली र आइटिएफ तेक्वान्दोका गोविन्द खत्री छन् ।
श्रीलंकामा सम्पन्न दोस्रो महिला साफ फुटबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी जमुना गुरुङ, लन्डन ओलम्पिकमा सहभागिता जनाएकी प्रमिला रिजाल र छैटौँ राष्ट्रिय खेलकुदमा दुई राष्ट्रिय कीर्तिमान कायम गरेकी सविता चौधरीलाई विशेष पुरस्कार प्रदान गरियो । साथै छैटाँ राष्ट्रिय खेलकुदमा पदकविजेता खेलाडीलाई पनि सम्मान गरियो । (सौस)

काठमाडांै : एथलेटिक्स प्रशिक्षक सुशील नरसिंह राणा एपिएफका यस वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भएका छन् । बिहीबार आयोजित कार्यक्रममा राणाका साथै यस वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सफल प्रदर्शन गर्ने खेलाडीलाई पनि सम्मान गरियो । ‘एपिएफ प्लेयर अफ द इयर
अवार्ड–२०६८’ बाट सम्मानित हुनेमा फुटबलका अनु लामा र गणेश लावती रहेका छन् । लामा दोस्रो दक्षिण एसियाली साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा उपविजयी नेपाली टोलीकी प्रभावकारी सदस्य थिइन् ।
बक्सिङका पूर्णबहादर लामा र सञ्जु लामा पनि सम्मानित भए । एथलेटिक्सका स्प्रिन्टर प्रमिला रिजाल र मध्यमदूरीका धावक अर्जुन ढकालसहित भलिबलका खुसी चौधरी र नीमा श्रेष्ठ सम्मानित भए । सम्मानित अन्य खेलाडीमा क्रिकेटका शरद भेषवाकर र सीता रानामगर, करातेका सुनील लामा र गंगादेवी अधिकारी, ब्याडमिन्टनका नङसलादेवी तामाङ र रत्नाजित तामाङ, तेक्वान्दोका सुजन जोशी र संगीता बस्याल छन् । त्यसैगरी, हयान्डबलका दीपकसिंह बोहरा, उसुका तेजबहादुर पल्ली र आइटिएफ तेक्वान्दोका गोविन्द खत्री छन् ।
श्रीलंकामा सम्पन्न दोस्रो महिला साफ फुटबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी जमुना गुरुङ, लन्डन ओलम्पिकमा सहभागिता जनाएकी प्रमिला रिजाल र छैटौँ राष्ट्रिय खेलकुदमा दुई राष्ट्रिय कीर्तिमान कायम गरेकी सविता चौधरीलाई विशेष पुरस्कार प्रदान गरियो । साथै छैटाँै राष्ट्रिय खेलकुदमा पदकविजेता खेलाडीलाई पनि सम्मान गरियो । (सौस)

प्रतिक्रिया