पुनःस्थापनाको पक्षमा कांग्रेस छैनः कोइराला

नेपालगञ्ज, २४ असोज । कांग्रेस सभापति सुशील कोइरालाले संविधानसभा पुनःस्थापनाको पक्षमा आफू नरहेको बताएका छन् ।
गृह जिल्ला बाँकेमा आज आयोजित कार्यक्रममा उनले भने, ‘प्रजातान्त्रिक मूल्य र मान्यताको सम्मान गर्दै ताजा जनादेशमा जानु पर्छ ।’ कोइरालाले प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गरेर ताजा जनादेशमा जानुनै अहिलेको उत्ताम विकल्प रहेको बताए ।
उनले निर्वाचनमा जानुअघि दलहरुका बीच संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा सहमति गर्नु पर्ने बताए ।
उनले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म अहिलेको राजनीतिक गतिरोध नहट्ने बताए । ‘वर्तमान सरकार रहे पनि नरहे पनि मुलुकले यथास्थितिमा निकास पाउँदैन,’ कोइरालाको भने ।
पार्टी भित्र कुनै विवाद नरहेको बताएका सभापति कोइरालाले एकढिक्का भएर संगठन सुदृढिकरणमा लाग्न निर्देशन समेत दिए । ‘संगठन निर्माणमा लाग्नुस,’ उनले भने, ‘पार्टीमा कुनै पनि किसिमको विवाद छैन ।’

प्रतिक्रिया