दैलेखका पत्रकार बिसीलाई धम्की

दैलेख, २४ असोज । दैलेख जिल्लामा क्रियाशील पत्रकार कबिराज बिसीलाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको छ ।
मंगलबार राति ९८१६५९६४०८ नम्बरको मोबाइलबाट ज्यान मार्ने धम्की आएको पीडित पत्रकार बिसीले बताए । उनी एबीसी टेलिभिजन र गोरखापत्र दैनिकका जिल्ला सम्बाददाता समेत हुन् ।
धम्की दिने दोषीलाई कारबाहीको माग गरेर पत्रकार बिसीले प्रहरी समक्ष उजुरी दिएका छन् । सौर्य

प्रतिक्रिया