‘न्यायालयको चासो छैन’

काठमाडौं : प्रधानन्यायाधीश खिलराज रेग्मीले सर्वोच्च अदालतको फैसलाविपरीत संविधानसभा पुन:स्थापनाका लागि राजनीतिक वृत्तमा भएको छलफलमा न्यायालयको कुनै सरोकार नभएको बताएका छन् ।
भुटानी समकक्षी लिन्पो सोनाम टोबग्याईको निम्तोमा पाँचदिने भ्रमण सकी मंगलबार स्वदेश फर्किएका प्रधानन्यायाधीश रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग यस्तो धारणा व्यक्त गरेका हुन् । ‘दलले दलको काम गर्छन् न्यायालयले न्यायालयको काम गर्छ त्यसको कसैले सरोकार राख्ने विषय होइन,’ प्रधानन्यायाधीश रेग्मीले भने, ‘संविधानलाई सर्वाेपरी मानेर जनभावनाअनुसार फैसला गर्नुपर्ने भएकाले न्यायालयले कसैप्रति केही सरोकार राख्दैन ।’
रेग्मीले संविधानलाई सर्वोपरी मानेर जनभावनाअनुसार फैसला गर्नुपर्ने भएकाले यस विषयमा बोल्नु उचित नहुने बताए । भुटानको न्यायालयमा भएको फैसला कार्यान्वयनको तीव्रताबाट आफू प्रभावित भएको उल्लेख गर्दै उनले त्यहाँको अदालतमा दर्ता भएका मुद्दा एक वर्षभित्रै किनारा लगाउन गरिएको मिहिनेत र सरल स्वरूपको फैसला कार्यान्वयन पद्धति अनुकरणीय रहेको बताए । (सौस)

प्रतिक्रिया