फरार भ्रष्टाचारी डा.ठाकुर पक्राउ

काठमाडौं, २३ असोज । सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा सजाय पाएका धनुषा जिल्लाका तत्कालिन जिल्ला शिक्षा अधिकारी डा.योगेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषामा रहेको कार्यालयको खाताबाट रकम भ्रष्टाचार गरेको ठहर भएपछि सर्वोच्चले ६५ वर्षीय डा.ठाकुरलाई २०६६ साल भदौ–३० गते कैद सजाय तथा जरिवाना फैसला गरेको थियो । फैसलासँग डा.ठाकुर फरार थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लुकिछिपी बसेको अवस्थामा भक्तपुरको सानोठिमीबाट सोमबार पक्राउ गरेको थियो ।
सर्वोच्चको फैसलाअनुसार डा.ठाकुर विरुद्ध बिगो बमोजिम ३८ लाख २ हजार जरीवाना र ४ वर्ष कैद तोकिएको छ ।
सिराहा जिल्ला लाहान नगरपालिका–४ स्थायी घर भएका डा.ठाकुर काठमाडौं महानगरपालिका–१५, बल्खु बस्दै आएका थिए ।
भ्रष्टाचारी ठहर भएका डा.ठाकुर हाल लोकतान्त्रिक जनता पार्टी नेपालका राष्ट्रिय सभापति समेत हुन् ।
जिल्ला शिक्षा कार्यालय धनुषामा शिक्षा अधिकारीमा कार्यरत रहँदा डा. ठाकुरले मर्यादित एवम् जिम्मेवारी विपरित निजी फाईदाका कार्य गरेर भ्रष्टाचार गरेका थिए ।
आफ्नै जनकपुर टेक्निकल ईन्स्चीच्यूट नामक संस्थाको नामबाट सरकारबाट प्राप्त हुने सरकारी अनुदान, बिभित्र माबि तथा निमाबि शिक्षकहरूको तलब भत्ता ईत्यादि लिने गरेको सर्वोच्चको फैसलामा उल्लेख छ ।

प्रतिक्रिया