प्राधिकरण परिसरबाटै तार गायब

सिन्धुपाल्चोक, २३ असोज । नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोक शाखा परिसरबाटै करिब १२ किलो तामाको तार चोरी भएको छ ।
प्रधिकरणको परिसरबाटै आज विहान चोरी भएको तारका बारेमा खोजी कार्य शुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
करिब २५ किलोको ट्रन्सफर्मर फोरेर त्यस भित्रका करिब दुई लाख मूल्य बराबरको तार चोरी भएको प्रहरी निरीक्षक सुजनकुमार राजभण्डारीले बताए । प्रधिकरण सुरक्षार्थ नेपाल प्रहरी र नेपाली सेना खट्टिदै आएका छन् ।

प्रतिक्रिया