मुलुक विखण्डनको मतियार एमाओवादी

चितवन, २३ असोज । नेकपा–मओवादीका प्रवक्ता पम्फा भुषालले एमाओवादी भारतीय शासकहरुको ईच्छा पुरा गर्न सक्रिय रहेको आरोप लगाएकी छन् ।
उनले भनिन्, ‘एमाओवादीका नेताहरु मुलुक बिखण्डनकारीको मतियार भएका छन् ।’ क्रान्तिकारी पत्रकार संघ चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रियता कमजोर हुन थाले पछि नेकपा–माओवादी राष्ट्रिय स्वाधीनताको पक्षमा लड्न शुरु गरेको दाबी गरिन् ।
उनले एमाओवादीका कारण मुलुक राजनीतिक एवम् संवैधानिक संकटमा परेको आरोप लगाईन । संकट समाधानका लागि भन्दा पनि दलहरु सत्तालोलुपता तिर लागेको उनको आरोप थियो । उनले भनिन्, ‘सत्तालोलुपता हुने हो भने देश थप संकटमा पर्छ ।’
सबैले सहमति गरेर उपयुक्त पहलकदमी लिन नसकेकै कारण मुलुक ठूलो भुमरीमा फस्न लागेको उनको आरोप छ ।
उनले सहमतीय राजनीतिक यात्रालाई विर्सदै एकलौटी ढंगले राज्य सञ्चालन गरेका कारण मुलुकमा राजन्त्रको झल्को आएको दावी पनि गरिन् ।

प्रतिक्रिया