बजारमा काठको अभाव

काठमाडौं : वन प्रवेशमा प्रतिबन्ध र नयाँ कटान ठप्प रहेपछि बजारमा काठको अभाव भएको छ । काठको अभावसँगै ‘ए’ ग्रेडको काठको प्रतिक्युबिक फुट मूल्य दुई हजार रुपियाँबाट बढेर तीन हजार पाँच सयदेखि चार हजार रुपियाँसम्म पुगेको छ ।
बर्सेनि करिब दुई करोड सिएफटी काठको माग रहने बजारमा मुस्किलले एक करोड सिएफटी मात्रै बजारमा आउने गरेको वन पैदावार उद्योग व्यवसायी महासंघले जनाएको छ । त्यसमा पनि तीन वर्षदेखि नयाँ कटान नहुँदा जंगलमा काठ नगण्य मात्रै रहेको बताइएको छ । सरकारले एक वर्षअघि तोकेको नयाँ मूल्यअनुसार ‘ए’ ग्रेडको काठको आठ सय, ‘बी’ ग्रेडको पाँच सय र ‘सी’ ग्रेडको तीन सय रुपियाँ प्रतिसिएफटी उपभोक्तामूल्य छ । (सौस)

प्रतिक्रिया