थारू सांस्कृतिक संग्रहालय संकटमा

चितवन, २३ असोज । नेपालकै पहिलो थारू सांस्कृतिक संग्रहालयको अस्तित्व संकटमा पर्दै गएको छ । थारू जातिको कला, संस्कृति, भेषभूषा जगेर्ना गर्ने उद्देश्यले स्थापना गरिएको सांस्कृतिक संग्रहालय एवं अनुसन्धान केन्द्र संकटमा परेको हो ।

थारू नमुना संग्रहालय एवं उनीहरूको रहनसहन, कला र संस्कृतिको संरक्षण गर्ने लक्ष्यका साथ पर्यटकीय नगरी सौराहानजिक बछौलीमा स्थापित सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र आर्थिक अभावका कारण संकटमा परेको हो । आर्थिक अभाव र प्रचार–प्रसारको अभावमा संरक्षणमा समस्या देखिएको स्थानीय थारू अगुवा वासुदेव चौधरीले बताए । थारू समुदायले जन्मदेखि मृत्युसम्म प्रयोग गर्ने साधनको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ संग्रहालयमा चितवन आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्य गरी स्थापना गरिएको केन्द्रका अध्यक्ष अर्जुन चौधरीले बताए ।
०६२ मा स्थापित संग्रहालयमा नेपालका २४ जिल्लामा बसोवास गर्दै आइरहेका थारू समुदायको संस्कार, संस्कृति उजागर भएको छ । चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति चितवन र मध्यवर्ती उपभोक्ता समितिले ४० लाख ७७ हजार रुपियाँको लागतमा संग्रहालय निर्माण गरेका हुन् । स्थानीय हरियाली युवा क्लबले उपलब्ध गराएको नौ कठ्ठा जग्गामा संग्रहालय निर्माण गरिएको हो ।

प्रतिक्रिया