संविधानसभा पुनःस्थापनाको प्रस्ताव

काठमाडौं, २२ असोज । एकीकृत माओवादी र कांग्रेसका शीर्ष नेतृत्वबीच भएको छलफलमा संविधानसभा पुनःस्थापनाको प्रस्ताव भएको छ ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज भएको बैठकमा एमाओवादीले संविधानसभा पुनःस्थापनाको प्रस्ताव गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । सो प्रस्ताव पछि आफूहरुले नयाँ संविधानका विवादित विषयमा पहिला सहमति गरेमा पुनःस्थापनामा जान सकिने उनको भनाई थियो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस नेता शेरबहादुर देउवाले पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा पुनःस्थापनाको प्रस्ताव राखेको बताए ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले छलफल सकारात्मक रहेको बताए ।

प्रतिक्रिया