तीन वर्षीया वालिकालाई करणी

काठमाडौं, २२ असोज । काठमाडौंको मित्रपार्कमा तीन वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
सुर्खेत जिल्ला तातोपानी स्थायी घर भएका १६ बर्षीय श्याम बैरागीलाई प्रहरीले वालिका करणीको अभियोगमा पक्राउ गरेको जनाएको छ ।
बैरागीले आइतबार काठमाडौं महानगरपालिका–२९, मित्रनगर बस्ने वालिकालाई जवरजस्ती करणी गरेका थिए । जवरजस्ती करणीमा परेकी वालिकाको स्थायी घर पनि सुर्खेत जिल्ला बीरेन्द्रनगर नगरपालिका–६ घरमा पर्छ ।
पीडित वालिकालाई स्वास्थ्य परीक्षणका लागि थापाथली अस्पतालमा पठाईएको छ । (तस्विर गुगल)

प्रतिक्रिया