शिक्षा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

धनकुटा, २२ असोज । नेकपा–माओवादी निकटको अनेरास्ववियू (क्रान्तिकारी) ले जिल्ला शिक्षा कार्यालय धनकुटामा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
शिक्षा सेवा आयोगद्वारा लिईने अध्यापन अनुमति पत्रको प्रमाण–पत्र वितरणमा कार्यालयले शुल्क लिएको आरोपमा आजदेखि अनिश्चितकालका लागि तालाबन्दी गरेको क्रान्तिकारीका धनकुटाका उपाध्यक्ष थानेश्वर पाठकले जानकारी दिए ।
उनीहरुले प्रमाण–पत्र वितरणमा शुल्क लिन गरेको निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग पनि गरेका छन् ।
विगतमा आयोगले लिने अध्यापन अनुमति पत्रको प्रमाण–पत्र निःशुल्क वितरण हुँदै आएको थियो ।

प्रतिक्रिया