जलविद्युतमा सामूहिक लगानीः लामिछाने

चितवन, २२ असोज । गैर आवसीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले जलविद्युतको क्षेत्रमा सामूहिक लगानी अहिलेको आवश्यकता रहेको वताएका छन् ।
चितवनको विन्देश्वरी निमावि पिठुवामा आज चेपाङ घर छात्रवास भवनको शिलन्यासमा उनले मुलुक विकासको मेरुदण्ड जलविद्युत भएको बताए ।
उनले मुलुकको विकास गर्न देशमा प्रचुर सम्भावना रहेको भन्दै संयुक्त लगानीमा १ सय मेघावाट सम्मको हाईड्रोपावर निर्माण गर्न सरकारसँग सम्झौता भईसकेको उल्लेख गरे ।
देशलाई समृद्ध र आत्मनिर्भर बनाउन आफूहरु तयार रहेको वताउँदै उनले नेपालको हालको प्रमुख समस्या भनेको लोडसेडिङ रहेकाले विद्युतविना कुनैपनि कलकारखाना, उद्योगलगायत विकास असम्भव रहेको बताए ।

प्रतिक्रिया