बिरोधमा उत्रिएका अधिकारकर्मी पक्राउ

काठमाडौं, २१ असोज । नेपाली सेनाका महासेनानी राजु बस्नेतको बढुवाको बिरोधमा सडकमा उत्रिएका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेर रिहा गरिदिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका १४ जना प्रदर्शनकारीलाई केहीबेर नियन्त्रणमा लिएर रिहा गरेको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ । उनीहरुले धर्नाका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि पक्राउ गरेको प्रहरी भनाई छ ।
प्रदर्शनकारीहरुले मुलुकमा दण्डहीनताको अन्त्य र कानूनी राज्यको प्रत्याभूतिको माग समेत गरेका थिए ।

प्रतिक्रिया