राष्ट्रपतिले प्रधानमन्त्रीलाई गलहत्याउँनु पर्छ

काठमाडौं, २० असोज । कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले प्रधानमन्त्री बाबुराम भट्टराईले असोज मसान्तसम्म पद त्याग नगरे राष्ट्रपतिले गलहत्याएर हटाउनु पर्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले मुलुकलाई निकास दिन भट्टराईलाई पदबाट हटाउनुको विकल्प नरहेको बताए । ‘गैरसंबैधानिक सरकारलाई असोज मसान्तसम्म हटाउनै पर्छ,’ उनले भने, ‘प्रधानमन्त्री बाबराम भट्टराईले पद नछाडे राष्ट्रपतिले हटाएर नयाँ सरकार निर्माण गर्नु पर्छ ।’
नेता महतले दलहरुबीच सहमतिको आधारमा सरकार निर्माण हुन नसके राष्ट्रपतिले दलहरुसंगको रायसल्लाहमा अर्को सरकार निर्माण गर्नै पर्ने बताए ।

प्रतिक्रिया