ज्यान जोगाउन पत्नीको हत्या

बाजुरा, २० असोज । बाजुरा जिल्लाको कुल्देवमाण्डौमा धारिलो हतियार प्रहार गरेर एक जनाले आफ्नै पत्नीको हत्या गरेका छन् ।
कुल्देवमाण्डौ–८, बेलकाटिया निवासी ५२ वर्षीया प्रमुराज पाध्यायले पत्नीको हत्या गरेका हुन् । उनले शुक्रबार राति आफ्नै ३४ वर्षीया पत्नी पार्वती पाध्यायलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
सामान्य घरायसी विवादका कारणका कारण पत्नीको हत्या गरेको प्रमुराजले स्वीकार गरेका छन् ।
विवाद पछि सुतेका समयमा पत्नीले आफूलाई हतियार प्रहार गरेर हत्या गर्न खोजे पछि ज्यान जोगाउन पत्नीको हत्या गर्नु परेको उनको दाबी छ । पाध्याय दम्पत्तीका १ छोरा र ३ छोरी छन् ।

प्रतिक्रिया