नेपाली कलाको बदलिँदो सिद्धान्त

अहिले उत्तरआधुनिकता सर्वत्र छ । तपाईं जो–कोही टम, डिक या हयारी हुनुहुन्छ, जहाँ–कहीँ न्युयोर्क, लन्डन या काठमाडांैमा हुनुहुन्छ, जुनसुकै क्रियाकलाप– भाषा, साहित्य, संगीत या कलासँग आबद्घ हुनुहुन्छ, उत्तरआधुनिकताको तरंगले तपार्इंलाई या त छोइसकेको छ या शीघ्र छुने तरखरमा छ । यदि त्यसो होइन भने तपार्इंका क्रियाकलाप पुरानै यथार्थवादी धरातलका या त्योभन्दा पनि पुराना हुन् भन्ने बुझ्नुपर्छ । यदि, हामीले बदलिँदो सिद्घान्त र अभ्यास आ–आÏना क्रियाकलापभित्र अँगाल्न सकेनौँ भने हामी बाँकी विश्वसँग हातेमालो गर्दै अघि बढ्न सक्दैनौँ ।
हुन त हामी विभिन्न कालखण्डमा उदाएका दर्शनबाट जहिले पनि चार या पाँच दशकसम्म पछाडि नै हुन्छौँ । पश्चिमा मुलुकमा सन् ६० को दशकमा जन्मेको उत्तरआधुनिकता नेपालमा भित्रिएको एक दशकभन्दा बढी नाघेको छैन । डा. गोविन्दराज भट्टराईले लेखेको ‘उत्तरआधुनिक ऐना’ र ‘उत्तरआधुनिक विमर्श’ले तताएको नेपाली साहित्य र समालोचना अहिले बिस्तारै उत्तरआधुनिक रंगमा रंगिन थालेको छ । धेरैजसो नेपाली साहित्य यथार्थवादी चिन्तनबाट मुक्त हुन नसके पनि केही उपन्यास कविता, कथामा उत्तरआधुनिकता झल्कने उदाहरण भेटिन थालेको पाउँछाँै । हालै प्रकाशित उनको ‘सुकरातको डायरी’ उत्तरआधुनिक मेटाफिक्सनभित्र एक क्लासिकल कृति हो । पपसंगीत, संस्कृति, रिमेक र रिमिक्सले नेपाली संगीत उत्तरआधुनिक धुन गाउन थालेको छ भने नेपाली  फेसनमा पनि एक–अर्काको पहिरन अपनाउनाले उत्तरआधुनिकता भित्रिएको दाबी गर्न सकिन्छ । शिक्षणकला र भाषाविज्ञानमा अझै त्यो प्रकाश पुग्न बाँकी नै देखिन्छ । प्रायोगिक र सामाजिक पक्ष नअपनाउन्जेल नेपाली भाषाविज्ञानलाई उत्तरआधुनिक भन्न मिल्दैन । त्यसैगरी, विद्यार्थीलाई आÏनो सिकाइको दायित्व बोध नगराउन्जेलसम्म शिक्षण परम्परागत नै कहलाउँछ । नेपाली शिक्षामा देखिएको एकमुखे शिक्षक केन्द्रित र परीक्षामुखी प्रणालीले हामी शिक्षणमा उत्तरआधुनिकताको छेउ पनि भेट्न नसकेको कुरा देखाउँछ ।
मेरो प्रथम कवितासंग्रह ‘र पो आत्मा रुँदै छ – एक उत्तरआधुनिक शब्दाञ्जली’ को प्रकाशनको  सिलसिलामा मेरो परिचय एक उदाउँदो कलाकर्मी ‘अक्रिन’सँग भयो । उनीसँग भएको वैचारिक बहसले मलाई नेपाली कलाको अध्ययन गर्न उक्सायो– नेपाली कलामा देखिएको उत्तरआधुनिकताबारे अध्ययन गर्न इच्छा जाग्यो । भनिन्छ, साहित्य र कला एक–अर्काका मित्र मात्र नभई पूरक पनि हुन् । मैले आÏनो कवितामा गरेको उत्तरआधुनिक प्रयोग र अक्रिनले आÏनो कलामा गरेको उत्तरआधुनिक प्रयोगबीच समानता खोज्न थालेँ र त्यसले मेरो कलासँग सम्बन्धित ज्ञानको क्षितिज बढाएन मात्रै मभित्र कलाप्रति अझ गहिरो रुचि उत्पन्न गर्‍यो । म, उनी र उनका कलाबारे यसै लेखको उत्तरार्धमा चर्चा गर्ने छु । तर, त्यसपूर्व  उत्तरआधुनिक कलाबारे केही लेख्न चाहन्छु । बीसाँै शताब्दीको उत्तरार्धमा भएको उत्तरआधुनिक कला समसामयिक घटना प्रतिविम्ब गर्ने खालका हुन्छन् ।
सामाजिक र राजनीतिक विषयवस्तुलाई समाविष्ट गर्दै उत्तरआधुनिक कला केवल धनवान् व्यक्तिका लागि मात्र नभई यसले सामाजिक न्याय प्रवद्र्धन गर्नुपर्छ भन्ने मान्यता छ । उत्तरआधुनिक कलाले सामाजिक असमानता र सांस्कृतिक कुरीतिमाथि प्रश्न गर्छ । बेलायती कवि ह्यारोल्ड पिन्टरले भनेका थिए, –वास्तविक र अवास्तविकको बीचमा प्रस्ट भेद नभएझँै सत्य र असत्यबीचमा पनि कुनै भेद छैन । एउटा तथ्य, सत्य र असत्यको विभाजनमा पर्ने आवश्यकता छैन किनभने यो सत्य र असत्य दुवै हुनसक्छ । उत्तरआधुनिकताले जसरी सत्य र असत्यबीच फरक भेट्दैन त्यसरी नै उत्तरआधुनिक कलाले माथिल्लो र तल्लो स्तरको कलामा कुनै भेद छुट्याउँदैन बरु यो विविधता र बाहुल्यमा विश्वास गर्छ । एकातर्फ उत्तरआधुनिक कलाले वैज्ञानिक र प्राविधिक प्रगतिमा सन्देह व्यक्त गर्छ भने अर्कोतर्फ कला निर्माणमा आधुनिक प्रविधिको सहयोग पनि लिन्छ । यसमा तस्बिर र शब्दसँगै आउन सक्छ र हास्य र व्यंग पनि भेटिनसक्छ ।
उत्तरआधुनिक कलाका विशेषतामा क्लाज, सरलीकरण, मिश्रण, अमिल्दो समायोजन, प्रतिकृति, विविधता, इक्लेकटिसिज्म, पप संस्कृति, पर्फमेन्स आर्ट, कलर फिल्ड पेन्टिङ आदि पर्छन् । उत्तरआधुनिक कला विद्यालय ठूला होइनन् साना तथा स्थानीय वस्तुलाई बढी प्राथमिकता दिन्छन् । उनीहरूका लागि कलाकारिक कलाभन्दा व्यक्तिगत सिर्जनात्मकता र बोधगम्यताले बढी महत्त्व राख्दछ । उत्तरआधुनिक कला उपभोक्तामुखी कला हो जो नयाँपन र मनोरञ्जनमा विश्वास गर्छ । आधुनिक कलाविरुद्घ आएको उत्तरआधुनिक कला मार्सल डुच्याम्पले मूत्रालय (युरिनल) लाई कलाको रूपमा प्रदर्शन गरेपछि प्रारम्भ भएको थियो । जाँ फ्रास्वाँ ल्योतार, जाँ बोद्रियार, फ्रेडरिक जेमस्नको योगदान रहेको उत्तरआधुनिक कलामा ज्याक्सन पोलोकको एब्सट्रयाक्ट एक्सप्रेस्निज्म, त्यस्तै एसेम्बलेज आर्ट, मिनिम्यालिज्म, पोस्ट मिनिम्यालिज्म, पप आर्ट, Ïलुक्सुस आदि उत्तरआधुनिक कलाभित्र देखिएका ट्रेन्ड पर्छन् । भनिन्छ, उत्तरआधुनिक कलाले तर्क र सत्यताको आधिपत्यलाई अस्वीकार गर्छ । उत्तरआधुनिक कलाले आÏनो सत्य आफँै निर्माण गर्छ । यो शून्यवादी दर्शनबाट प्रभावित हुन्छ । जीवनलाई अर्थहीन ठान्छ । यो अनिश्चतता, अस्पष्टता, खुलापनतिर उन्मुख हुन्छ । ज्याक्सन  पोलोकका अनुसार, हरेक पेन्टरले त्यही कोर्छ जो ऊ छ । तसर्थ, उत्तरआधुनिक कलामा स्व–प्रकटीकरण–सेल्फ रेÏलेक्सिविटी हुन्छ ।
नेपालमा कलाको स्थिति अध्ययन गर्दा आधुनिक कलाको आरम्भ गेहेन्द्रमान अमात्यले वि.सं. १९१० मा आÏनो अमूर्त कलाको प्रदर्शनबाट गरेका थिए । तर, यसमा उत्तरआधुनिकताको प्रवेशको कुरा गर्दा नेपाली साहित्यमा झैँ एक दशकअघि मात्रै यथार्थवादी धरातल भन्दामाथि उठेर कलाकर्मीहरू नयाँँ स्वरूपका कला उत्पादनमा लागेका थिए । कला समालोचक मुकेश मल्लका अनुसार उत्तम नेपाली, लैनसिंह बाङ्देल, विजय थापा, ठाकुुरप्रसाद मैनाली, मनुजबाबु मिश्र आदिले यथार्थवादी धार छाडेर नवीन कलाको प्रारम्भ सन् १९६२ मा गरेका थिए । यद्यपि सबभन्दा महत्त्वपूर्ण फड्को नेपाली कलामा २००३ सालमा देखियो, जब करिब दुई दर्जन कलाकर्मीहरू ओशो तपोवनभित्र पसेर प्रकृति अध्ययन गर्दै आ–आÏनो कला प्रदर्शन गरे । उनीहरूले यथेष्ट मात्रमा इन्स्टलेसन आर्ट, पर्फमेन्स आर्ट प्रस्तुत गरे । त्यो निकै प्रशंसनीय विषय हो ।  त्यस्तै, हामीले किरण बानियाँको अनौठो  कलाकृतिभित्रको उत्तरआधुनिकताको सराहना गर्नै पर्छ । हालै केही युवा कलाकारले ‘आकार’ (द आर्ट ग्रुप) मार्फत् देशका विभिन्न संस्थागत विद्यालयका बालबालिकालाई कलासम्बन्धी प्रशिक्षण दिइरहेका छन् । अक्रिन, अनिल बस्नेत, रवीन्द्र खनियाँ, महेशराज भण्डारी, राजेश बरालले सञ्चालन गरेको यो प्रयास सराहनीय छ । पिकासोले भनेका थिए, ‘प्रत्येक बालक कलाकार हो तर ऊ पछि कलाकार रहन्छ कि रहँदैन त्योचाहिँ समस्या हो ।’
यही दर्शनका साथ अघि बढेका छन् यी युवा कलाकार बालबालिकामा कलाकार खोज्दै । उनीहरूले भौतिकतामा रुमल्लिएका संसारमा हरेक अभिभावकले आ–आÏना बालबालिकामा डाक्टर, इन्जिनियर अनि पाइलट मात्र देखेको बेला मानव जीवनमा चित्रकलाको महत्त्व बताउँदै जिल्ला–जिल्ला कुदेका छन् । कसरी चित्रकलाले बालबालिकाको सिर्जनात्मक अभिवृद्धि गर्न सकिन्छ ू यसले कसरी कुनै पनि व्यावसायिक जीवनमा सहयोगात्मक भूमिका खेल्न सक्छ भनी सिकाउँदै हिँडेका छन् ।

प्रतिक्रिया