बालबालिकाले अनुदान पाएनन्

जाजरकोट : कर्णालीका बालबालिकालाई हरेक वर्ष दिइने अनुदान रकम यस वर्ष सरकारले पूर्ण बजेट नल्याउँदा प्रभावित भएको छ । हरेक बालबालिकाले वार्षिक रूपमा पाउँदै आएको दुई हजार चार सय रुपियाँ तृतीयांश बजेटका कारण पाँच सय रुपियाँ मात्रै उपलब्ध भएको हुम्ला श्रीनगर–७ का धनबहादुर थापाले बताए ।
बजेट उपलब्ध नभएका कारण बालबालिकालाई थोरै मात्र रकम दिइएको सिमकोट गाविस सचिव लोकराज खत्रीले जानकारी दिए । उनले भने, ‘जिल्लामा आउनुपर्ने पर्याप्त बजेट अहिलेसम्म आएको छैन । कसरी पूरै रकम दिनु ? थोरै दिएर भए पनि काम चलाउने प्रयास गरेका छौँ ।’
बाल रकम बुझ्ने गाविसभरिका चार सय ४९ बालबालिकाले पाँच सय रुपियाँ मात्र पाएका छन् । गाविसमा बाल अनुदानका लागि दुई लाख ४० हजार रुपियाँ पहिलो किस्ताबापत आएको सचिव खत्रीको भनाइ छ । नेपाल सरकार र युनिसेफको सहयोगमा कर्णालीलगायत पहाडी जिल्लामा यो रकम दिइँदै आएको छ । (सौस)

प्रतिक्रिया