प्रधानसेनापति जबरा गण/गुल्म घुम्दै

काठमाडौं, १७ असोज । प्रधानसेनापति गौरब शम्शेर जवरा सूदुर पश्चिम र मध्य पश्चिम पृतना अन्तर्गतका विभिन्न युनिटहरुको निरीक्षण भ्रमणमा निस्किएका छन् ।
मंगलबारदेखि सुरु भएको भ्रमणका क्रममा जवराले दार्चुलाको शत्रुभन्जन गुल्म, बैतडीस्थित रणसुर गुल्पम तथा पाँच नम्वर बाहिनीको निरीक्षण गरेका छन् । निरीक्षण भ्रमणका क्रममा उनले सकल दर्जालाई सम्बोधन समेत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
जवराले बाजुरास्थित देवीबक्स गुल्म, अछाम स्थित रणशेर गण र सुर्खेतस्थित मध्य पश्चिम पृतना हेडक्वाटरको समेत निरीक्षण गरेका छन् ।

प्रतिक्रिया