काठमाडौं : भ्रष्टाचार नियन्त्रणको माग राख्दै भ्रष्टाचारविरुद्घ राष्ट्रिय अभियानले तीनदिने रिले अनशन सुरु गरेको छ ।
यसअघि भ्रष्टाचारविरुद्ध १४ सूत्रीय मागपत्र प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई बुझाएको अभियानले मंगलबार रत्नपार्कमा रिले अनशन सुरु गरेको हो । भ्रष्टाचारसम्बन्धी कानुन संशोधन गरी कडा बनाइनुपर्ने, भ्रष्टाचारको अनुसन्धान र भष्टाचारीलाई कारबाहीका लागि स्वतन्त्र र प्रभावकारी संयन्त्र बनाइनुपर्ने, पेसेवर राजनीतिको अन्त्य हुनुपर्ने र राज्य संयन्त्रलाई ‘सिस्टम’मा चलाउनुपर्नेलगायत माग अभियानले राखेको छ । त्यस्तै, अभियानले भ्रष्टाचार मुद्दा तत्काल फैसला गरिनुपर्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्नेलगायत माग पनि अघि सारेको छ । अनशनप्रति विभिन्न संघसंस्था र नागरिक समाजका अगुवाले ऐक्यबद्धता जनाएका छन् ।
०६३ सालपछि बनेका सरकारहरू भ्रष्टाचार नियन्त्रणमा मौन बसेकाले देश कमजोर बन्दै गएको अभियानले जनाएको छ । सरकारले मागको सुनुवाइ नगरे आन्दोलनका थप कार्यक्रम गर्ने अभियानका अध्यक्ष आरपी पराजुलीले बताए । गोमा मानन्धर/प्रशिक्षार्थी
प्रतिक्रिया