दादुराको खोपले दैलेखमा ३ जना वेहोस

दैलेख, १६ असोज । दैलेख जिल्लामा दादुरा रुवेलाको खोप लगाउँदा तीन जना विद्यार्थी बेहोस भएका छन् ।
सोमबारबाट शुरु भएको दादुरा रुवेला खोप अभियान अन्र्तगत लगाईएका खोपले ३ विद्यार्थी वेहोस भएका हुन् ।
दैलेख सदरमुकाम नजिकैको सरस्वती उच्च माध्यामिक विद्यालय तर्ताङ्गमा दादुरा रुवेला खोप लगाएको १ घण्टा भित्र बेहोस भएका हुन् । बेहोस हुनेमा १४ वर्षका दीपक विक, १३ वर्षीय कृष्टि सोनी र १५ वर्षीय संगीता सोनी रहेको शिक्षक जीवराज तिल्मिसेनाले जानकारी दिए ।
विद्यार्थी वेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको छ ।
उपचार पछि उनीहरुको अवस्था सामान्य भएको छ । उनीहरुलाई घर पठाईएको छ ।
खोपका कारण बेहोस हुने समस्या भए पनि तत्कालै उपचार गराउन ल्याएकाले उपचार सम्भव भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका निमित्त प्रमुख डा.सुशील भण्डारीले जानकारी दिए । (तस्विर गुगल)

प्रतिक्रिया