आयोजक ज्ञानोदय र डयाफोडिल फाइनलमा

काठमाडौं, १६ असोज । आयोजक ज्ञानोदय र डयाफोडिल १९औँ आयसर–ज्ञानकार्निभल अन्तरविद्यालय बास्केटबल, फुटबल तथा भलिबल प्रतियोगिताअन्तर्गत गल्र्स बास्केटबलमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले मल्पी इन्टरनेसनललाई  ६३–२७ को फराकिलो अन्तरले हरायो । गौतमी भट्टचनले २४ अंक जोडिन् । डयाफोडिलले ग्यालेक्सीमाथि ५३–२२ को जित निकाल्यो । विजेताकी फ्रेजिला तामाङले १३ अंक जोडिन् ।
ब्वायज बास्केटबलको सेमिफाइनलमा द एक्सेल्सियरले ज्ञानोदयलाई ७५–६२ तथा मल्पीले ग्यालेक्सीलाई ४०–३७ ले हराउँदै फाइनलमा स्थान पक्का गरे । एक्सेल्सियरका जेसन रानामगरले ३१ तथा मल्पीका सौगात बानियाँले २० स्कोर गरे । ब्वायज फुटबलमा सैनिक आवासीय महाविद्यालयले लिटिल एन्जल्स (एलए) लाई ३–० ले पन्छयाउँदै फाइनलमा पुग्यो । विजेताका आइमन तामाङ, संसार गुरुङ र रञ्जित महर्जनले गोल गरे । फाइनलमा सैनिकको भेट काठमाडौं भ्यालीसँग हुनेछ । ब्वायज भलिबलको उपाधि भिडन्त दीपज्योति र स्प्रिङडेलबीच हुनेछ ।

प्रतिक्रिया