‘कामदारको सुरक्षामा ध्यान दिऔँ’

काठमाडौं : कतारका लागि नेपाली राजदूत डा. मायाकुमारी शर्माले त्यहाँ रहेका नेपाली श्रमिकलाई स्वास्थ्य र सुरक्षालाई ख्याल गरेर काम गर्न आह्वान गरेकी छन् । कामदारको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।
विश्व सुरक्षा दिवसका अवसरमा ‘बोयगिनिस बाटिमेन्ट इन्टरनेसनल’ ले सोमबार गरेको कार्यक्रममा उनले स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकतामा राखेर सबै नेपाली कामदारले काम गरून् भन्ने आºनो चाहना रहेको बताइन् । कामदारको सुरक्षामा सम्बन्धित कम्पनी पनि गम्भीर हुनुपर्ने उनले बताइन् । ‘स्वास्थ्य र सुरक्षा नै मानिसका लागि महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘उनीहरूसँग जोडिएको कम्पनीले यसका लागि सहयोग गर्नुपर्छ ।’
कतार सरकारले विश्व सुरक्षा दिवसका अवसरमा साताव्यापी ‘स्वास्थ्य र सुरक्षा’ अभियान थालेको छ । कार्यक्रममा कतार सरकारका उच्चपदस्थ अधिकारीका साथै विभिन्न दस मुलुकका राजदूतको सहभागिता थियो । स्वदेशी तथा कतारमा रहेका विभिन्न मुलुकका कामदारमा सचेतना फैलाउन अभियान थालिएको हो । (सौस)

प्रतिक्रिया