तत्काल निकास आउँदैन सम्भावना छैनः गजुरेल

चितवन, १५ असोज । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमन नहुँदा सम्म मुलुकको राजनीतिक गतिरोध तत्काल समाधान हुने अवस्था नरहेको बताएका छन् ।
चितवनमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले राजनीतिक सहमतिका आधारमा जारी गतिरोधको अन्त्य गर्नुपर्ने भएपनि तत्कालै त्यो सम्भव नरहेको बताए । उनले भने, ‘प्रमुख दलहरुका विगतका इतिहासलाई निकास आउने आशा देखिदैन ।’
सहमतिका लागि प्रधानमन्त्री भट्टराईको बहिर्गमन आवश्यक रहेको गजुरेलको भनाई थियो ।

प्रतिक्रिया