यथास्थितिमा सहकार्य हुँदैनः पौडेल

काठमाडौं, १५ असोज । कांगे्रस उपसभापति रामचन्द्र पौडेलले सामाजिक सद्भाव खल्बल्याउने नेकपा–माओवादीसँग सहकार्य नगर्ने बताएका छन् ।
नेकपा–माओवादीले आफूलाई सुधार नगरे सहकार्य गर्न असहज हुने उनको भनाई थियो । नेपाल पे्रस युनियनको उपत्यका समन्वयन समितिले आज काठमाडौंमा आयोजना गरेको उपत्यकास्तरीय भेलामा उनले नेकपा–माओवादीले भारतसँगको सम्बन्धमा आँच पुराउने गरी सामाजिक सद्भाव खल्बल्याउन खोजेको आरोप लगाए ।
उनले भने, ‘नेकपा–माओवादीले सामाजिक सद्भाव विथोल्ने उद्देश्यले भारतीय गाडी चल्न नदिने निर्णय गर्नु असान्दर्भिक छ ।’
उनले भारतीय गाडी र सिनेमा चल्न नदिने निर्णयप्रति कांग्रेस असहमत रहेको बताए ।

प्रतिक्रिया