प्रधानमन्त्री बाधक बन्नु हुँदैनः चन्द

नेपालगञ्ज, १५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले राजनीतिक सहमतिका लागि प्रधानमन्त्री बाबुराम भट्टराई बाधक बन्न नहुने बताएका छन् ।
बाँकेमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकलाई निकास दिने दायित्व भट्टराईको रहेको बताए । उनले भने, ‘बलजप्mती कुर्सीमा बसिरहने प्रधानमन्त्री भट्टराईको प्रवृत्तिलाई राजनीतिमा सही मान्न सकिदैन ।’
उनले राजनीतिक सहमतिका लागि राप्रपाले सहयोग गर्ने बताए । ‘सहमति हुन्छ भने हामीलाई संविधान सभाको पुनःस्थापना वा निर्वाचन दुवै मान्य छ,’ उनले भने ।
नेता चन्दले मुलुकलाई निकास दिन जिम्मेवारी ठूलो दलको हैसियतले एमाओवादीको दायित्व पनि धेरै रहेको बताए ।

प्रतिक्रिया