जाजरकोटमा रेडपाण्डाको छाला

जाजरकोट, १५ असोज । जाजरकोट जिल्लाको उत्तरी गाविस नायकवाडामा विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला वेवारिशे अवस्थामा फेला परेको छ ।
नायकवडा प्रहरी चौकिको गस्ती टोलीले गत असोज–१० गते नायकवाडा–३ स्थित डालेचौर जंगलमा रेडपाण्डाको छाला फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निरीक्षक दिनेश घिमीरेले जानकारी दिए ।
सग्लै अवस्थामा रहेको छालालाई प्रहरीले आज जिल्ला वन कार्यलयमा बुझाईएको घिमिरेले बताए । पछिल्लो समय जाजरकोटका उत्तरी भेगहरुमा रेडपाण्डाहरु भेटिन थालेका छन् ।
संरक्षणका विषयमा स्थानीयहरुमा चेतना नहुनु र सम्बन्धित निकायले ध्यान नदिदा पाण्डाको शिकार हुन थालेको प्रहरी भनाई छ । (फाईल तस्विर)

प्रतिक्रिया