राजा देश डल्दैमा केही हुँदैनः देउवा

उदयपुर, १० असोज । कांग्रेस नेता शेरबहादुर देउवाले एक पटक बिदा भइसकेको राजसंस्था नेपाली जनताको कल्पना मात्रै बाँकी रहेको बताएका छन् ।
उनले राजतन्त्रको समुल अन्त्य भईसकेकाले अब चाहेर पनि फर्कन नसक्ने दावी गरे । नेपाल पे्रस युनियन उदयपुरमा आज आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले भने, ‘राजनीतिक दल खोलेर राजनीति गर्ने हक उनलाई पनि छ ।’
पूर्वराजाले देश डुल्दैमा नेपाली राजनीतिमा कुनै परिवर्तन नहुने उनको भनाई थियो ।

प्रतिक्रिया