सत्तारुढ दलनै निकास चाहँदैननः देउवा

विराटनगर, ९ असोज । कांग्रेस नेता शेरवहादुर देउवाले एमाओवादी नेतृत्वको वर्तमान सरकार मुलुकमा निकास दिन नचाहेको आरोप लगाएका छन् ।
विराटनरमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले एमाओवादी र भट्टराई सरकार विपक्षी दलहरुसँगको मुठभेडमा लागेको आरोप लगाए । ‘सरकारमै रहेका दलहरु आन्दोलनमा उत्रिएका छन्, उनले भने, ‘विश्वमा कही नभएको कुरा हुँदैछ ।’
सरकारले नै विपक्षी दलहरुलाई धम्की दिएर मुठभेडको राजनीति तर्फ अग्रहसर भएको उनको भनाई थियो । उनले मुलुकको वर्तमान राजनीतिक गतिरोधको बाधक एमाओवादी र प्रधानमन्त्री भट्टराई रहेको उल्लेख गरे । सौर्य

प्रतिक्रिया