हुम्लामा वेलायती नागरिक ‘पाउल’ वेपत्ता

जाजरकोट, ९ असोज । हुम्लाको लिमी उपत्यकामा घुम्न जाँदै गरेका ‘पाउल’ नामका वेलायती नागरिक बेपत्ता भएका छन् ।
नेपाली गाइड र भरिया छाडेर उनी आज विहानै बेपत्ता भएका हुन् । खगालगाउँ गाविसको छउसमा राति बासबसेका पाउलले आफूसँग रहेका नेपालीहरुलाई छाडेर गएको भरियाहरुले बताएका छन् ।
पाउल बेपत्ता भएपछि प्रहरीले ओसो भिजन ट्रेकिङका नेपाली पथप्रदर्शक अर्जुन भट्टराईसहित ४ जना भरियालाई घटनाका बारेमा सोधपुछ गर्न नियन्त्रणमा लिएको हुम्ला प्रहरीले जनाएको छ ।
हराएका बेलायती नागरिकले काठमाडौंस्थित ट्रेकिङ कम्पनीलाई तीन लाख शुल्क वुझाएका छैन । गत असोज–४ गते हुम्ला पुगेका वेलायती नागरिक पाउलले जिविस हुम्लामा तेस्रो मुलुकबाट आउने पर्यटकले बुझाउनु पर्ने शुल्कवापतको १० डलर पनि नबुझाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरवहादुर विष्टले बताए ।

प्रतिक्रिया