रिचार्ज कार्डमा मेटिने समस्या

नेपालगन्ज : नेपाल टेलिकमको रिचार्ज नम्बर नै मेटिने समस्याबाट सेवाग्राही मर्कामा परेका छन् । कोर्नबित्तिकै रिजार्च कार्डको पिन नम्बर कोरिने  भएपछि रिचार्ज कार्ड लिएर टेलिकम पुग्नेको संख्या दैनिक दुई सय बढी पुग्ने गरेका छन् ।
मध्यपश्चिम रिचार्ज कार्डका अधिकृत बिक्रेता विनोद कटुवालका अनुसार एक महिनायता नमस्ते रिचार्ज कार्डको पिन नम्बर मेटिने समस्या बढेको छ । एक महिनाअघिसम्म दिनमा दुई चारवटा रिजार्च कार्डमा पिन नम्बर कोरिने समस्या आउने गरे पनि अहिले दैनिक ३० बढीसम्म आउने गरेको उनले बताए ।
टेलिकमले बजारमा ल्याएका एक सय, दुई सय र पाँच सय रुपियाँका रिचार्ज कार्ड स्क्रियाच गर्दा नम्बर नै मेटिने समस्या बढेपछि सेवाग्राही टेलिकम धाउन बाध्य भएका हुन् ।
रिचार्ज कार्ड फिर्ता गर्न टेलिकम कार्यालय नेपालगन्जमा पुगेका किराना पसल धम्बोजीका राजकुमार केसीले अहिले रिचार्ज कार्डको नम्बर नै मेटिँदा आफुलाई ग्राहकले गाली गर्ने गरेको बताए । टेलिकमले भने सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै पिन नम्बर कारिए पनि सिरिएल नम्बर रहेका रिचार्ज कार्डसट्टा अर्को रिचार्ज कार्ड दिने गरेको बताएको छ ।
टेलिकम कार्यालय नेपालगन्जका वरिष्ठ सहायक सुरज घलेका अनुसार यस्ता समस्या ल्याएर दैनिक दुई सय बढी सेवाग्राही आउने गरेका बताए । वरिष्ठ सहायक घलेले भने, ‘रिचार्ज पिन नम्बर कोरिनुमा कम गुणस्तरको कार्ड बजारमा ल्याउनु, लगातार पानी पर्न गई चिसो
हुनु र बिक्रेताले बाहिरको प्लास्टिक फालेर राख्नु हो ।’ त्यस्तै रिचार्जकार्ड हातको आँैला र अन्य सामानले भन्दा पैसाको सिक्काले स्क्रियाच गर्न टेलिकम कार्यालयले सुझाव दिएको छ । (सौस)

प्रतिक्रिया