सन्तोषी माताको मेलामा अश्लील नृत्य

धनुषा, ८ असोज । धनुषा जिल्लाको खरियानी गाविसमा सञ्चालित सन्तोषी माताको मेलामा अश्लील नृत्य रोक्न आदेश दिने प्रहरी माथि आज स्थानीय युवाहरुले आक्रमण गरेका छन् ।
मेलामा अपरान्ह पौने तीन बजे अश्लील नृत्य प्रस्तुत गर्ने नर्तकी युवतीहरुलाई सुरक्षार्थ खट्टिएको प्रहरी टोलीले सो कार्य नगर्न आग्रह गरे लगत्तै युवाहरुले आक्रमण गरेको प्रहरीले जनाएको छ । युवतीहरुले आफ्नो शरीरका कपडा फालेर अश्लील नृत्य देखाउन थाले पछि प्रहरीले हस्तक्षेप गरेको जनाएको छ ।
मेलामा रहेका व्यक्तिहरुले प्रहरीमाथि एक्कासि इँट्टा र वियरको बोत्तलले प्रहार गरे पछि आत्मरक्षाका लागि प्रहरीले हवाई फायर र लाठी चार्ज गरेको जनाएको छ । प्रहरीले लाठी चार्ज र हवाई फायर गरेपछि भिडलाई तितरवितर भएको थियो ।
प्रहरीले आक्रमणमा संलग्न जनकपुर नगरपालिका–२ बस्ने शम्भु साहलाई पक्राउ गरेको जनाएको छ । (तस्विर गुगल)

प्रतिक्रिया