चिनी कारखाना सञ्चालनको माग

बारा : लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखानालाई सहकारीमार्फत सञ्चालन गर्न बाराका सहकारीकर्मीले माग गरेका छन् । करिब दुई वर्षदेखि आफूहरूले सहकारीमार्फत उद्योग सञ्चालन गर्नुपर्ने मान्यतालाई अहिले उखु किसान र सरोकारवालाले आन्दोलनका रूपमा उठाएकामा ऐक्यबद्धता जनाउँदै सहकारीमार्फत सञ्चालनले मात्रै कारखानाको पुन:संरचना सफल हुने राष्ट्रि्रय सहकारी बैंक सिमराका संयोजक कृष्ण पौडेलले बताए
सहकारी, उखु किसान र व्यवसायीलाई सेयर बिक्री गरेर रकम संकलन गर्ने र उनीहरूबाट निर्वाचित सञ्चालक समिति र व्यावसायिक व्यवस्थापनले कारखाना सञ्चालन गरेमात्र सफल हुने पौडेलको दाबी छ । भतौडास्थित ओम बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा उद्घाटन गर्दै पौडेलले सो कुरा बताएका हुन् । कारखानाको पुन:संरचना र सञ्चालनमा सरकारको सहभागिता पनि जरुरी रहेको बताउँदै भारतमा पनि यही संरचनामा चिनी कारखाना, रासायनिक मल कारखाना चलेका र नेपालमा पनि सफल सञ्चालन हुने उनले दाबी गरे । (सौस)

प्रतिक्रिया