अबैध गर्भ पछि शिशुको हत्या

सोलुखुम्बु, ७ असोज । पति विदेशमा रकम कमाउन गएका बेला सोलुखुम्बु जिल्लाको सल्यान–६, सिमखर्ककी एक महिलाले अबैध यौन सम्पर्क पछि जन्माएको शिशुको हत्या गरेकी छन् ।
शिशुको हत्या गरेको थाहा पाए पछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । ४५ वर्षीया ङिमपसी शेर्पालाई शिशु हत्याको आरोपमा प्रहरीले गिरफ्तार गरेको जनाएको छ । शिशु जन्मे पछि हत्या गरेर उनले नजिकैको ओढारमा गाडेकी थिईन ।
पति विदेशमा रहेको अवस्थामा अबैध यौन सम्पर्क पछि शिशु जन्माएर मारेको स्थानीय बासिन्दाले देखे पछि प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले शिशुको शव पनि बरामद गरेको छ ।
विदेशमा रहेका पतिले अबैध यौन सम्पर्कबाट शिशु जन्मिएको थाहा पाए पछि घरबार विग्रने डरले शेर्पाले आफ्नै शिशुको हत्या गरेको प्रहरीले जनाएको छ ।
शेर्पासँग अबैध यौन सम्पर्क गर्ने पुरुषको पनि खोजी कार्य शुरु गरेको छ । तस्विर गुगल

प्रतिक्रिया