मेटल एक्सचेन्जको कार्यालयमा तोडफोड

काठमाडौं, ७ असोज । काठमाडौंको नागपोखरीस्थित कमोडिटिज एण्ड मेटल एक्सजेन्ज (प्रा)लिमा अज्ञात समूहले आज तोडफोड गरेर क्षति पुराएको छ ।
एक्सचेन्जमा आज विहान साढे ९ बजे /८ जनाको संख्यामा आएका अपरिचित व्यक्तिले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले एक्सचेन्जमा कार्यरत सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर कार्यालयमा रहेका कम्प्यूटर, फोटोकपी मेसिन, सिसा, सोधपुछ कक्ष लगायतमा तोडफोड गरेका थिए ।
तोडफोडबाट एक्सचेन्जको करीव ७ लाख ५० हजार रुपियाँ बराबरको धनमाल क्षती भएको छ ।
तोडफोड भएको स्थानबाट नेकपा–माओवादी निकट रामदीप आचार्य संयोजक रहेको अखिल क्रान्तिकारी टे«ड युनियन महासंघ लेखेको भिजिटिङ कार्ड फेला परेको प्रहरीले जनाएको छ । घटनामा सोही संगठनको संलग्नता रहेको प्रहरी अनुमान छ ।
उता, भक्तपुरमा ढुंगामुडा प्रहार गरेर तीन वटा कारमा तोडफोड भएको छ । कार तोडफोड कार्यमा संलग्न सिपाडोल–१ बस्ने २४ बर्षीय सुनिल श्रेष्ठ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरुले शनिबार राति पार्किङ गरी राखेको बा.७ च ७६६४, बा.५ च ९७३२ र बा.५ च २७७५ नम्वरका कारमा ढुंगामुडा प्रहार गरेर तोडफोड गरेका थिए ।

प्रतिक्रिया