हिमपहिरोमा नौ जनाको मृत्यु


गोरखा, ७ असोज । गोरखा जिल्लाको सामागाउँ–४ स्थित मनास्लु हिमालको दुई वटा बेश क्याम्पमा अचानक हिउँ पहिरो जाँदा नौं जनाको मृत्यु भएको छ ।
सात हजार मिटरको उचाईमा रहेका मनास्लु हिमालको दुई र तीन नम्वर बेश क्याम्पमा आज हिम पहिरो जाँदा २५ जना दुई नेपालीसहित विदेशी पर्यटक पुरिएको प्रहरीले जनाएको छ । पुरिएका मध्य १३ जनाको उद्धार गरिएको छ । हिम पहिरोमा परेर घाईते एक जना नेपाली घाईते भएका छन् भने अर्का एक जनाको मृत्यु भएको छ ।
उद्धार गरिएकामा एक जना नेपाल, तीन जना फ्रान्सेली र दुई जर्मन नागरिकलाई काठमाडौंमा उपचारका लागि ल्याईएको छ । उनीहरुको नर्भिक अस्पताल थापाथलीमा उपचार भईरहको छ ।
मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला खुम्जुङ–८ बस्ने बाबु दोर्जे शेर्पा र जर्मन नागरिक क्रिष्पियन हेरमनको मात्रै सनाखत भएको छ । हेरमनको शव काठमाडौंस्थित जर्मन दुतावासलाई बुझाएको प्रहरीले जनाएको छ । हिम पहिरो गएको स्थानमा उद्धारको कार्य जारी छ ।

प्रतिक्रिया